arrow

यस्तो छ स्ववियु निर्वाचनको नयाँ कार्यतालिका

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
FSU.jpeg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । परिषद्ले यसअघि फागुन १४ गतेका लागि भन्दै निर्धारण गरेको स्ववियु निर्वाचन पाँच दिन सरेको छ ।

विहिबार साँझ त्रिवि सिनेट बैठक कक्षमा त्रिवि पदाधिकारी, क्याम्पस प्रमुख र विद्यार्थी संगठनहरुबीच कार्यतालिकासहित निर्वाचन सार्ने सहमति भएको थियो । सहमति अनुसार अब १८ गतेबाट मिश्रित प्रणालीमा निर्वाचन हुनेछ । त्रिविले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गरिनेछ । सोही दिन दिउँसो २ बजेसम्म मतदाता सूचीमाथि दावी विरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।

फागुन १२ गते नै १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयत हुनेछ । फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित कार्यतालिका छ । १५ गतेकै दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय राखिएको छ । सोही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।यस्तै, कार्यकारी परिषदको बैठकले १८ गते हुने निर्वाचनको समय सम्बन्धित क्याम्पसलाई तय गर्ने अनुमति दिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थीको अवरोधले कार्यतालिकासहित मिति सार्नु परेको हो ।

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ