arrow

अमेरिकी पूर्वनौसेना प्रमुखद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकारको पद अस्वीकार

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
robert_s_harward-e1487052343640.jpeg
वासिङटन (अमेरिका)। अमेरिकी नौसेनाका पूर्वप्रमुख रोवर्ट हावार्डले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने भनी गरेको घोषणालाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 
 
हावार्डलाई सेनाका अवकाश प्राप्त जनरल मिखाएल फ्लिनको ठाउँमा सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको थियो । फ्लिनले अमेरिकाका लागि रसियाली राजदूतसँगको सम्बन्ध लगायतका प्रकरणमा राजीनामा दिएका थिए । हावार्डले आफ्नो पारिवारिक र वित्तीय प्रतिबद्धतालाई कारण देखाउँदै उक्त पद अस्वीकार गरेका हुन् । 
 
यद्यपि अमेरिकी टेलिभिजन सीएनएन र पोलिटिकोले बिहीबार यसबारे समाचार दिँदै नियुक्तिप्रति हावार्ड बेखुशी हुनाको कारण अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्भन्दा ट्रम्पका राजनीतिक सल्लाहकारहरु नीति निर्माणमा हाबी हुनसक्ने देखेपछि पद अस्वीकार गरेको जनाएका थिए । 
 
सीएनएनको विज्ञप्तिमा हावार्डले राजनीतिक सल्लाहकारको हाबी हुने देखिएपछि पद नस्वीकारेको जनाएको बताइएको छ । एएफपी



नयाँ