arrow

कञ्चनपुरमा एनपी साउद र बिना मगरको 'अग्निपरीक्षा', विकास र रोजगारी मुख्य एजेण्डा

मनोनयन दर्तापछि उम्मेदवारहरू मतदाताको घरदैलोमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
np-saud-29.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधिले तीव्रता पाएका छन्। 

मनोनयन प्रक्रिया सकिएलगत्तै मुख्य राजनीतिक दलका उम्मेदवारहरू विकास, सामाजिक न्याय, रोजगारी र राष्ट्रिय स्वाधीनता जस्ता मुद्दाहरूलाई प्राथमिकतामा राखेर मतदाताको घरदैलोमा पुग्न थालेका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूले आ-आफ्ना राजनीतिक दृष्टिकोणसहित स्थानीय पूर्वाधार विकास, वर्षौँदेखि कायम रहेको सुकुम्बासी समस्याको स्थायी समाधान, बेरोजगारी न्यूनीकरण र राष्ट्रिय हितका विषयलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। 

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीकी नेत्री बिना मगरले उम्मेदवारी दर्ता गराएकी छन् भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी साउद र नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूले आफ्ना एजेन्डाहरू स्पष्ट पार्दै चुनावी अभियानलाई सघन बनाउँदै लगेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ