arrow

लम्की बहुमुखी क्याम्पसका प्राध्यापकले अपहरणकारीलाई चिनेनन्

अनुसन्धान तीब्र

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
FSU.jpeg

लम्की  । प्रहरीले लम्की बहुमुखी क्याम्पसका प्राध्यापक अपहरण सम्बन्धीको घटनाको अनुसन्धान कार्य तीब्र रुपमा भैरहेको जनाएको छ । अपहरण मुक्त भैसकेपछि प्रहरीले गरेको सोधपुछमा क्याम्पस प्रमुख भिष्म थापा, लम्की बहुमुखी क्याम्पस स्ववियु निर्वाचन संयोजक कमल बिष्ट, निर्वाचन सदस्य अम्मर बहादुर रावलले आफुहरुलाई अपरिचित व्यक्तिले अपहरण गरेर लगेको बयान दिएका थिए । तर अपहरण कारीलाई भने आफुने नचिनेको उनीहरुले बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले दिएको जानकारी अनुसार अपहरणमा परेका व्यक्तिहरुले शुक्रबार किटानी जाहेरी  दर्ता गराउने भनेपनि जुरी दर्ता भएको छैन । अपहरणमा परेका प्राध्यापकले दर्ता गराउने किटानी जाहेरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाउनेछ । सामाजिक सञ्जालमा भने नाटकीय पारामा अपहरण भएको टीका टिष्पणी बाहिर आएपछी घटनाको बारेमा सत्यतथ्य छानविनको लागि विद्यार्थी, क्याम्पस व्यवस्थापन समितिले प्रहरीलाई आग्रह समेत गरेको छ । प्रहरीले अपहरणमा परेको बखत अपरहणमा परेकाका परिवार र आफन्तले चिन्ता नलिनु, खोजविनको लागि जाहेरी नदिनु लगायतका केही कुरा शंकास्पद रहेको भन्दै आफुहरुले घटनालाई गम्भीर रुपमा लिएको बताएको छ  ।

क्याम्पस वयावस्थापन समितिले यसमेत यो घटनालाई गम्भीर  रुपमा  लिएको जनाएको छ ।  यो घटना साचिकै अपहरण हो, या सामाजिक सञ्जालमा आय जस्तै नाटक मञ्चन गरीएको हो, त्यसको बारेमा आफुहरु प्रहरीको अनुसन्धानको पर्खाइमा रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवानन्द जैशीले बताए ।

सामाजिक सञ्जाल र सञ्चारमाध्याममा आएका विभिन्न टिका टिप्णीलाई आधारमान्दै घटनाको सत्यतथ्यका लागि क्याम्पस व्यवस्थापन समितिले समेत आफ्नै तरीकाले छानबिन  टोली गठन गरी अनुसन्धान गर्ने बताइएको छ । सामाजिक सञ्जालमा यो घटना अपहरण नभई नाटक भएको भन्दै टिकाटिप्णी हुन थालेपछि क्याम्पस व्यवस्थापन समितिलाई समेत थप चुनौति थपिएको छ ।

स्ववियु निर्वाचनका विषयमा उठाइएका मागको सम्बन्धमा सुनुवाई नभई निर्वाचन हुन नदिने भन्दै क्याम्पस प्रमुखसहित तीनै जनालाई  अपहरण नगरी नियन्त्रणमा लिएको नेत्रविक्रम चन्द माओवादी निकट विद्याथीको भनाई छ । स्ववियु निर्वाचनको प्रक्रिया रोक्ने उद्देश्यले नै नियन्त्रणमा लिइएको हुन सक्ने प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ