arrow

रुपन्देहीमा ६ लाख ७२ हजार मतदाता, एक सय ५७ उम्मेदवार

logo
नारायण वली,
प्रकाशित २०८२ माघ ९ शुक्रबार
rupendehi.png

लुम्बिनी । रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार पाँच सय २३ जना मतदाता कायम भएका छन् । यसमा पुरुष तीन लाख ४६ हजार दुई सय तीन, महिला तीन लाख छब्बीस हजार तीन सय ११ र अन्य नौ जना रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदान स्थल दुई सय नौ र मतदान केन्द्र सात सय ३२ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जनाएकी छिन् ।

जिल्लाको निर्वाचन क्षेत्र न-१ मा मतदान स्थल ४५, मतदान केन्द्र एक सय ५९ छ । यहाँ ७२ हजार नौं सय ६८ महिला र ७३ हजार आठ सय ५४ पुरुष गरी कुल एक लाख ४६ हजार आठ सय २४ मतदाता रहेका छन् । यसैगरी क्षेत्र न-२ मा मतदान स्थल २४, मतदान केन्द्र एक सय ३८ छ । यस क्षेत्रमा पुरुष मतदाता ६४ हजार दुई सय ५४ र महिला मतदाता ७० हजार सात सय ९३ गरी कुल मतदाता एक लाख ३५ हजार पचास रहेको बताइएको छ । 

रुपन्देही जिल्ला निर्वाचन क्षेत्र न-३ मा मतदान स्थल ४६ र मतदान केन्द्र एक सय ५७ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ६८ हजार सात सय ७५ र पुरुष मतदाता ७१ हजार दुई सय ५८ गरी कुल एक लाख चालिस हजार ३५ मतदाता रहेका छन् । क्षेत्र न-४ मा ४८ मतदान स्थल, एक सय ३३ मतदान केन्द्र रहेको छ । यहाँ ५० हजार एक सय १० महिला र ६६ हजार ६२ पुरुष गरी एक लाख १६ हजार एक सय ७२ मतदाता रहेका छन् । क्षेत्र न-५ मा मतदान स्थल ४६, मतदान केन्द्र एक सय ४५ रहेको छ । ६३ हजार छ सय ६५ महिला, ७० हजार सात सय ७५ पुरुष र अन्य नौ गरी कुल मतदाता ६ लाख ७२ हजार पाँच सय २३ रहेका छन् । 

रुपन्देही जिल्ला निर्वाचन क्षेत्र न-१ मा ३१, क्षेत्र न-२ मा ४१, क्षेत्र न-३ मा ३६, क्षेत्र न-४ मा २२, क्षेत्र न-५ मा २७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी कल्पना शर्माले जनाइन् । रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा गरी एक सय ५७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रुपन्देही जनाएको छ ।

सूचना अधिकारी शर्माले दिएको जानकारी अनुसार मनोनयन दर्ता गराएका कुनै उम्मेदवामाथि दाबी उजुरी नपरेको तर साँझसम्म फिर्ता गर्नसक्ने समय तोकिएकाले फिर्ता भएमा घट्ने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ