arrow

हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना नभइ राप्रपा अब सत्तामा जाँदैनः कमल थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
kamal-thapa-rpa-10-10.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेद्वार कमल थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन राप्रपा सत्तामा नजाने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने भन्दै राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्वपूर्ण सन्देश जाने जिकिर गरे ।

उनले काठमाडौँ क्षेत्र नम्बर ५ मा हिन्दूराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरूको धेरै ठूलो संख्या रहेको बताए । उनले राजतन्त्रवादी जनमतलाई भोटमा बदल्न सके विजयी निश्चित रहेको बताए । 

उनले भने, ‘हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन हामी सत्तामा जानु छैन । सत्ता केन्द्रित राजनीति गर्नेछैनौँ । यो सन्देश हामीले प्रत्येक नेपालीलाई दिन सक्नुपर्छ । स्वयं राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर जाँदा देश विदेशमा एउटा बलियो सन्देश जान्छ । त्यसका लागि हामी निरन्तर रुपमा खटिरहेका छौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा हिन्दूराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरूको धेरै ठूलो संख्या छ । जनमत छ । त्यो जनमतलाई भोटमा परिणत गराउनसके फागुन २१ गतेको निर्वाचनमा हाम्रो विजय अवश्यंभावी छ ।’

उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति चाहने भए राप्रपालाई विजयी गराइ काम गर्ने मौका दिन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ