arrow

साबुन उद्योगमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
fire-final.jpeg

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गए राति भीषण आगलागी भएको छ। उद्योगको मुख्य कारखाना नजिकै तयारी साबुन र कच्चा पदार्थ भण्डारण गर्न बनाइएको गोदाममा विद्युत् सर्ट भई अचानक सल्किएको आगोले ठूलो क्षति पुर्‍याएको हो।

उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण तयारी साबुन, कच्चा पदार्थ र प्याकिङका सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। गोदाममा रहेका कुनै पनि सामान जोगाउन नसकिएको र सबै खरानी भएको उनले बताए। क्षतिको विस्तृत विवरण तथ्याङ्क हेरेपछि मात्र थाहा हुने भए पनि प्रारम्भिक अनुमानमा करिब १० देखि १२ करोड रुपैयाँ बराबरको नोक्सानी भएको हुनसक्ने व्यवस्थापक बुढाथोकीले जानकारी दिएका छन्।

मध्यरातमा आगो लागेलगत्तै सुरक्षा निकायलाई खबर गरी नियन्त्रणको प्रयास गरिएको थियो। हेटौँडा उपमहानगरपालिकाका दुईवटा बारुणयन्त्र (दमकल), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासपछि केही समयअघि मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले आगो नियन्त्रणमा आइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ