arrow

खुला विश्वविद्यालयका साढे पाँच सय विद्यार्थी दीक्षित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
open-university-convocation-2082.jpg

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित समारोहमा विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानून सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् । तीमध्ये समारोहमा एक सय ९१ जनाको उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिन् । समारोहमा शिक्षाविद एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका थिए ।

विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ