पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट छ प्रत्यक्ष उम्मेदवार [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
1.1k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट ६ जना प्रत्यक्ष उम्मेदवार भएका छन् ।
नेपालको राजनीतिक इतिहासमा पहिलो पटक समावेशी समाजवादी पार्टीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट आफ्नै पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी अघि सारेको छ ।
यस अवसरमा आज पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन गरी निर्वाचनमा उम्मेदवार दर्ता गराएका हुन्।
पार्टीबाट प्रत्यक्षतर्फ ६ जना उम्मेदवार छन् । मोरङ क्षेत्र नम्बर ४ बाट नुमा लिम्बू, काठमाडौं क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा क्षेत्र नम्बर १ बाट पिंकी राई, रुपन्देही क्षेत्र नम्बर २ बाट देवेन्द्रबहादुर खत्री, काठमाडौं क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट विनोद लामा उम्मेदवार रहेका छन्।
यसै पार्टीबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको कार्यकारी निर्देशक सुनीलबाबु पन्तले जानकारी दिए ।
राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले निर्वाचनमा सहभागी भएको उनले बताए ।
अल्पसंख्यक समुदायका व्यक्तिहरू स्वतन्त्र रूपमा समाजमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्न चुनावमा सहभागी भएको नुमा लिम्बूले बताए ।