arrow

मतदाता नामावली सम्बन्धी जिज्ञासा निर्वाचन आयोगको ‘कल सेन्टर’मा  धेरै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै जिज्ञासा प्राप्त भइरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले यही माघ ५ गतेदेखि कलसेन्टर सञ्चालन गरेको हो । 

कल सेन्टरले मतदाता, सरोकारवालाका विभिन्न जिज्ञासाको जवाफ दिने गरेको छ । आयोग परिसरमा शुरू भएको कल सेन्टरमा हिजो आइतबारसम्म ८८२ जनाले जिज्ञासा राखेका छन् ।
  
यस अवधिमा मतदाता नामावलीका विषयमा ४२० जिज्ञासाको सम्बोधन भएको छ । निर्वाचन आचारसंहिताका विषयमा ७२ प्रश्नको सम्बोधन गरिएको छ । 

मतदाता शिक्षासम्बन्धी ३६ र अन्य २६४ प्रश्नको जिज्ञासा सम्बोधन गरिएको आयोगले जनाएको छ । यस बाहेकका जिज्ञासा निर्वाचनसम्बन्धी अन्य विषयमा राखिएको थियो ।
 
आयोगले कल सेन्टरमार्फत बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म जिज्ञासाको जवाफ दिने गरेको छ । निःशुल्क टोल फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवाले जिज्ञासा राख्न सक्छन् । 

एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरु होल्डमा नरहने जनाइएको छ । निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण नभएसम्म कल सेन्टर सञ्चालनमा रहने सहायक प्रवक्ता जिसीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ