arrow

प्रजातन्त्र दिवसको दिन हेटौंडामा काँग्रेस प्रवेश गर्नेको ओइरो

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन ७ शनिबार
congress_hetauda.jpeg
हेटौंडा । एकसय चार वर्ष लामो जहाँनीया राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था सुरु भएको सम्झनामा मनाईएको ६७ औं प्रजातन्त्र दिवसको दिन मकवानपुरमा काँग्रेस प्रवेश गर्नेहरुको ओइरो लागेको छ । उक्त उपलक्ष्यमा नेपाली काँग्रेस मकवानपुरले ३५ गाविस, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको प्रत्येक वडामा जिल्लाबाट खटाइएका प्रतिनिधी तथा पार्टी जिल्ला पदाधिकारीहरुको उपस्थितिमा वार्षिक भेला कार्यक्रम शनिबार सम्पन्न गरेको हो ।
 
नेपाली काँग्रेस क्षेत्र नम्बर १ को ९ वटा गाविस र हेटौंडा उपमहानगरपालिकाको ७ वटा वडामा पार्टीको वार्षिक भेला तथा अन्तत्र्रिmया कार्यक्रम गरिएको क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले जानकारी दिए । त्यस्तै, क्षेत्र नम्बर २ मा रहेका १४ गाविस र थाहा नगरका १५ वडामा काँग्रेसको बार्षिक भेला गरी प्रजातन्त्र दिवस मनाइएको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति यतिराज सापकोटाले जानकारी दिए ।
 
सोही क्रममा मकवानपुरको उत्तरी क्षेत्र नामटार गाविसमा प्रजातन्त्र दिवस एवं नेपाली काँग्रेसको वार्षिक भेलामा शनिवार एमाले, माओवादी केन्द्र, राप्रपा र अन्य विभिन्न पार्टी परित्याग गरी ७७ जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ ।
 
काँग्रेसको क्षेत्र नम्बर ३ अन्र्तगत हेटौंडा उपमहानगरपालिकाका २२ वटा वडामा विविध कार्यक्रम गरी काँग्रेसको भेला तथा प्रजातन्त्र दिवस मनाइएको ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईले बताउनुभएको छ भने क्षेत्र नम्बर ४ अन्र्तगतका १२ वटा गाविसमा पनि काँग्रेसको वार्षिक भेला सम्पन्न गरिएको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति लोक मुक्तानले बताए । त्यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर २३ हर्नामाडीमा प्रजातन्त्र दिवस एवं नेपाली काँग्रेसको वार्षिक भेलामा शनिवार विद्यार्थीहरुलाई झोला, शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
 
वडा सभापति पुरुषोत्तम अधिकारीको सभाध्यक्ष्यता, जिल्ला सदस्यसुशान्तकुमार श्रेष्ठको प्रमूख आथित्यता एवं नगर सभापति आनन्दराम पराजुलीको विशेष आथित्यतामा भएको कार्यक्रममा ३० विद्यार्थीलाई झोला, ८५ विद्यार्थीलाई शैक्षिक सामाग्री तथा स्थानीय चारवटा क्लवलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा २९ जना विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा प्रजातन्त्र दिवस एवं नेपाली काँग्रेसको वार्षिक भेलामा शनिवार दुईजनालाई सम्मान गरिएको छ । वडा सभापति रामहरि तिमल्सिनाको सभाध्यक्ष्यता, निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भएको सम्मान कार्यक्रममा पूराना काँग्रेस ९२ वर्षका टिकादत्त पौडेल र ६ नम्बरका निवर्तमान सभापति गोपाल दुलाललाई पार्टीलाई पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ