arrow

चुनावलाई तनहुँमा मात्रै दुई हजार कर्मचारी र २२ सय सुरक्षाकर्मी परिचालन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
election-falgun2102082-1.jpg

दमौली । प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । 

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने छ ।

यसैगरी, निर्वाचनमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला मतदाता छन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी र देवघाट गाउँपालिकामा सबैभन्दा कम मतदाता छन् । 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर १ मा  एक लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा  एक लाख १८ हजार २७९ मतदात  छन् । जिल्लामा १४४ मतदानस्थल र ३०९ वटा मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ