प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
992
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।
मंगलबार आयोगले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको हो । ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा कायम भएका ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
बन्दसूचीमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष छन् । यसअघि आयोगले बन्दसूचीमा समावेश ७६ जनाको नाम हटाएको थियो ।