-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बैतडी । बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका वडा नं ४ का ३२ वर्षीय प्रकाश चन्द छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार चन्द निर्वाचन प्रहरी हुन्।
चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।