arrow

सोमालियामा कार बम विष्फोट गराइँदा कम्तीमा ३४ जनाको मृत्यु

हत्याराबारे जानकारी दिनेलाई एक लाख डलर

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
somalia.jpeg
काठमाडौं । सोमालियाको राजधानी मोगादिशुमा कार बम विष्फोट हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । शहरको दक्षिणी मदिना जिल्लामा विष्फोट गराइ ३४ जनाको ज्यान लिइएको हो । विष्फोटमा परी ५० जना घाइते भएका छन् ।
 
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।  
 
बम विष्फोट पसल र खानाको स्टल राखिएको क्षेत्रमा गराइएको बताइएको छ ।
 
विष्फोटको जिम्मेवारी कुनै समूहले नलिए पनि अल शबाब लडाकुले गराएको हुनसक्ने आशंका गरिएको छ ।
 
राष्ट्रपति मोहम्मद अब्दुल्लाही मोहम्मदले हिंसात्मक घटना गराउनेबारे सूचना दिनेलाई एक लाख डलरको पुरस्कार दिइने घोषणा गरेका छन् ।
 
उनले निर्दयीपूर्वक यसरी अन्धाधुन्ध विष्फोट गराउनुको एउटै उद्धेश्य सर्वसाधारण मार्नु भएकाले त्यस्तालाई राज्यले नछाड्ने स्पष्ट पारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ