arrow

उच्च संख्यामा प्रहरी परिचालन गरी भत्काईँदै हेटौ‌ंडाका घरहरु

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
hetauda_sadak_bistar1.jpeg
हेटौंडा । बन्दका बाबजूत पनि उच्च संख्यामा प्रहरी परिचालन गरी हेटौंडाका घरहरु भत्काउन सुरु गरिएको छ । आइतबारबाट सुरु गरिएको सडक विस्तारको काम आईतबार ३ वटा घरमा मात्रै डोजर लगाईएको थियो । सडक डिभिजन कार्यालयले सोमबारबाट तीब्र गतिमा सडक विस्तार गर्ने बताएपछि व्यवसायीहरुले सोमबारको लागि हेटौंडा बन्दको आह्वान गरेको थियो । तर हेटौंडा बजारमा अहिले बन्दकर्ताहरु भने देखिएका छैनन् । 
 
तर, सडक विस्तारको काम भने उच्च संख्यामा प्रहरी परिचालन गरेर गरिएको छ । सडक विस्तार कै  क्रममा आईतबार विहान पनि प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा वर्साएका थिए भने प्रहरीले पनि प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो । सडक डिभिजन कार्यालयले आईतबारको काम सुरुवात मात्रै रहेको भन्दै सोमबारदेखि कामले तीब्रता पाउने बताईरहँदा आन्दोलनरत पक्षले भने बन्द आह्वान गरेको हो । 
 
सडक डिभिजन कार्यालयका प्रवक्ता जयराम अधिकारीले आजको निर्माण कार्य सुरुवात मात्रै भएको भन्दै सोमबारदेखि कामले तीब्रता पाउने आश्वासन दिए । उनले हेटौंडाको सडक विस्तारले मुलुकभर एउटा पाठ सिकाएको भन्दै कानूनभन्दा बाहिर गएर कुनैपनि काम नभएको दाबी पनि गरे । उनले पहिले नै मुआब्जाको विषय टुङ्गिसकेकाहरुलाई दोहोरो मुआब्जा दिन नसकिने स्पष्ट पनि पारे । 
 
यसैबीच, आईतबार साँझ २५ मिटर सडक विस्तार गर्न लागेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघको पल्पसाहलबाट निस्केको मशाल जुलुश माथि प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको छ । उनीहरु सडक विस्तारको विरोध र सोमबारको बन्द सफल पार्न अह्वान गर्दै हिँडेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ