arrow

हात्तीको आक्रमणबाट छ वर्षीया बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
elephant-jhapa.jpg

कञ्चनपुर। कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका-६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया छोरी रोजिना साउदको मृत्यु भएको छ ।

गए राति जङ्गली हात्तीले साउदको घरमा आक्रमण गरेको थियो ।

घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद घाइते भएको छ ।

घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

प्रवक्ता शाहीका अनुसार घाइते छ वर्षीया रोजिनाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ