बालेनको सर्लाही दौडाहा: हुलाकी सडक हुँदै बरहथवासम्मको यात्रा तय
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
874
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज बुधबार बिहान सर्लाही जाँदै छन्। सर्लाही भ्रमणका क्रममा उनले जिल्लाका विभिन्न स्थानको यात्रा गर्ने कार्यक्रम तय भएको छ।
पार्टीका जिल्ला नेताहरूका अनुसार उनी लालबन्दी, हरिवन र बरहथवा हुँदै रौतहट प्रवेश गर्ने योजनामा छन्। विशेष गरी सर्लाही क्षेत्र नम्बर ४ मा उनले हुलाकी सडकखण्ड प्रयोग गर्दै गडहिया चोक, छतौना, खैर्वा बजार, बहुअर्वा, बैरिया र सिसौट बजारको भ्रमण गर्नेछन्।
त्यसपछि उनी मानपुर, पिपराभिता र हजरिया हुँदै बरहथवा बजारतर्फ लाग्ने जनाइएको छ। भ्रमणका क्रममा बालेनले स्थानीयस्तरमा रहेका समस्या, विकास निर्माणका कार्य र समसामयिक राजनीतिक विषयमा प्रत्यक्ष अवलोकन तथा स्थानीयसँग भेटघाट गर्ने अनुमान गरिएको छ।
मधेस प्रदेशको भ्रमणका क्रममा उनले हुलाकी सडकको अवस्था र जनताको दैनिकीलाई नजिकबाट बुझ्ने प्रयास गर्नेछन्। उनको यो भ्रमणलाई रास्वपाको सङ्गठन विस्तार र आगामी राजनीतिक रणनीतिका रूपमा समेत हेरिएको छ।