arrow

कास्कीका मतदान केन्द्र: ५६ अति संवेदनशील, ५४ संवेदनशील

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
election-commision-09-13.jpg

गण्डकी । कास्कीमा आशन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदान केन्द्र रहेका छन्।

तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल एक सय तीन मतदानस्थलमध्ये ४३ ओटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

निर्वाचन क्षेत्रअन्तर्गत कास्की क्षेत्र १ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः १९, २८ र १४ ओटा मतदान स्थल छन् भने क्षेत्र २ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः सात, आठ र १८ मतदानस्थल छन्।

त्यस्तै क्षेत्र ३ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः क्रमशः ३०, १८ र ११ मतदान स्थल रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुसार मतदान स्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्थालगायत विषयमा जानकारी लिन स्थलगत रूपमा अनुगमन भइरहेको छ।

तीनवटै क्षेत्रमा गरी कुल ४९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेकामा कूल मतदाता संख्या तीन लाख आठ हजार पाँच सय ७२ जना छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ