- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । निर्वाचन आयोगसँगको परामर्शपछि सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गतेलाई स्थानीय चुनावको मिति घोषणा गरेको हो । सोमबार तेस्राे पटक बसेकाे मन्त्रिपरिषद बैठकले मिति घाेषणा गर्याे ।
मन्त्रिपरिषद् बस्नुअघि भएको परामर्शमा निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । साेही प्रस्ताव मन्त्रिपरिषदमा राखिएकाे र वैशाख ३१ काे तिथि तय भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द अाचार्यले जानकारी दिए ।
देशभर एकै दिन हुने हो निर्वाचन ? आयार्चले भने, ‘हो एकै दिन हुने भो । त्यसैले त एक दिनको मिति तोकेको सरकारले ।’ यसअघि आयोगले एकै दिन नसकिने भन्दै दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । यद्यपि, प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने सहमति भए अनुसार मिति घोषणा भएको आचार्यले बताए ।