arrow

पग्लियो एमाले, सबै दललाई चुनावमा आउन भन्यो !

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
UML-office.jpg.jpeg

काठमाडौं । एमाले स्थायी समिति बैठकले सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै सबै दललाई चुनावमा आउन भनेको छ । अनौपचारिक रुपमा बसेको बैठकले सबै दललाई चुनावमा आउन आग्रह गरेको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

बैठकले निर्वाचनको सुनिश्चिततातिर लाग्न तथा कानुनी र प्रादेशिक वातावरण तयार पार्न सरकारको ध्यानाकर्षण पनि गराएको भट्टराईले बताए । यस्तै, बैठकले आफ्ना पार्टी कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । भट्टराईले भने, ‘विशेषतः निर्वाचनको सुनिश्चितताको लागि पुनःसंरचना आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरिएको छ । सबै प्रदेशमा स्थानीय तहको मापदण्ड एउटै हुनुपर्ने हाम्रो मान्यता हो ।’

हामीले स्थानीय तहकाे संख्या नथप्न भनेका छाैँ । निर्वाचनलाई प्रतिकुल असर गर्ने गरी काम नगर्न र संविधान संशोधन विधेयक अघि नबढाउन हामीले भनेका छौ, भट्टराईले हाम्राकुरासँग भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ