arrow

आचारसंहिता अनुगमनमा कडाइ, मौखिक उजुरीको तत्काल सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
election-falgun2102082-1.jpg

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र भएसँगै कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरू बढ्न थालेका छन्। हालसम्म लिखित उजुरीको सङ्ख्या न्यून रहे पनि मौखिक रूपमा आउने गुनासोहरू भने उल्लेख्य रहेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ।

आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार हालसम्म तीनवटा मात्रै लिखित उजुरी दर्ता भएका छन्। "मौखिक रूपमा आएका गुनासोहरूलाई हामीले प्राथमिकताका साथ हेरेर तत्काल समाधान गर्ने गरेका छौँ," उनले बताए। प्रहरीलाई आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाउन र सार्वजनिक सम्पत्तिमा गरिएका अनधिकृत प्रचार नियन्त्रण गर्न निर्देशन दिइएको छ।

लिखित रूपमा परेका उजुरीहरूमाथि आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ। समितिले सम्बन्धित उम्मेदवार वा दलसँग स्पष्टीकरण माग्ने, प्रमाण सङ्कलन गर्ने र दोषी देखिएमा कारबाहीका लागि सिफारिस गर्ने कार्य गरिरहेको छ। हालसम्म जिल्लामा कुनै गम्भीर प्रकृतिको आचारसंहिता उल्लङ्घनसम्बन्धी घटना भने नदेखिएको सहायक प्रजिअ जोशीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ