नेपाली कांग्रेसले देशलाई बदल्न चाहेको छः विश्वप्रकाश शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
917
Shares
पोखरा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन्।
शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन्।
उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दललाई दुश्मनीको रुपमा लिन नहुनेसमेत बताए।
निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उनको भनाइ थियो ।
उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिए।
उनले भने, ‘हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली काँग्रेस पार्टीले संकल्प गरेको छ-हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् । आज हामी जो प्रतिस्पर्धा छौँ। यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यसकारण दलहरूको मञ्चबाट त्यसैले दलहरुको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ । निर्वाचनको मैदान दुश्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिष्पर्धाको महायज्ञ हो ।’
उपसभापति शर्माले निर्वाचनको मंचलाई गोली गर्ने अवसरको रुपमा लिने काम पनि गर्न नहुने बताए।