पाकिस्तानी लडाकु जेट जलालाबादमा दुर्घटनाग्रस्त, पायलट नियन्त्रणमा : अफगान स्रोत
एएफपी,
प्रकाशित २०८२ फागुन १७ आइतबार
2.1k
Shares
तस्बिर : फाइल
जलालाबाद। एउटा पाकिस्तानी जेट जलालाबाद सहरमा दुर्घटनाग्रस्त भएको उल्लेख उर्दै पायलटलाई जीवितै नियन्त्रणमा लिएको अफगान सेना तथा प्रहरीलाई उद्धृत गर्दै शनिवार एएफपीले जनाएको छ।
जलालाबाद सहरमा एउटा पाकिस्तानी लडाकु जेटलाई गोली हानेर खसालिएको पुष्टि गर्दै पाइलटलाई जिउँदै नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता तैयब हम्मादले बताएका छन्।
पूर्वी अफगानिस्तानका सेनाका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले पनि पाकिस्तानी जेटलाई अफगान सेनाले खसालेको र पाइलटलाई जीवितै पक्रेको बताउनु भएको छ।
इस्लामाबादको विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीलाइृ उद्धृत गर्दै एएफपीले दाबी गलत र पूर्णतया असत्य भएको जनाएको छ।
पाकिस्तानले शुक्रवार अफगानिस्तानको राजधानी काबुल र दक्षिणी कान्दाहारमा हवाई आक्रमण गरेको थियो जुन सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको क्षेत्र हो।
अफगान सेनाले बिहीबार राति पाकिस्तान–विरुद्ध सीमा आक्रमण सुरु गरेपछि निरन्तर हवाई आक्रमण भएको जनाएको छ। तालिबान सरकारले भने अफगानिस्तानमा पहिले पाकिस्तानी आक्रमणको प्रतिक्रियामा आक्रमण भएको बताएको छ।