arrow

रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
kishori-sah-kamal-82-11-19.jpg

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले कालोसूचीमा रहेका कारण धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार कमलको उम्मेदवारी खारेज भएको हो ।

उनले आयोगमा रहेको उम्मेदवारको वैयक्तिक विवरणमा कमल निर्माण सेवाको शेयर होल्डर भएर काम गरेको खुलाएका छन् । त्यस्तै किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालो सूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । 

ढिला परेको उजुरीका कारण उनको कारबाही प्रक्रिया ढिला भएको हो । आयोगले यो निर्णय सोमबार गरेको श्रीसले जानकारी दिइन् । 

साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो । रास्वपा उम्मेदवार साहको कमल कन्स्ट्रक्सन कालोसूचीमा रहेको प्रमाणसहित उनको उम्मेदवारी खारेजका लागि निर्वाचन क्षेत्र नं १ को कार्यालयमा उजुरी परेको थियो ।  

यसअघि ०७९ को चुनावमा किशोरी जनमत पार्टीबाट धनुषा १ मै उम्मेदवार बनेका थिए । उनी १४ हजार ४ सय ६७ मतसहित तेस्रो स्थानमा थिए । 

यसपालि उक्त क्षेत्रमा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट रामपल्टन साह, नेपाली कम्युनिष्ट पार्टीबाट मातृकाप्रसाद यादव, राप्रपाबाट मनोज मल्ल ठकुरी र जसपा नेपालबाट दीपक कार्कीलगायत रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ