arrow

जनकपुरमा घाँटी रेटी हत्या गर्ने प्रयास, दुईजना पक्राउ

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
arrested.jpeg
महेन्द्रनगर (धनुषा)। जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । 
 
उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौँ पठाइएको छ । धारिलो चक्कु प्रहारबाट झाको घाँटीमा गम्भीर घाउ लागेको छ । उनलाई बोल्न पनि कठिनाइ भएको छ । घटनाबारे जानकारी लिन अस्पताल आएका सुरक्षाकर्मीलाई झाले आफूमाथि जनकपुर–१४ रजौलका फिरोज राइन र सकुर राइनले आक्रमण गरेको जानकारी आफ्नै हातले लेखेर दिएका थिए । 
 
प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले आरोपीद्वय फिरोज र सकुरलाई प्रहरीले पक्राउ गरेकोे जानकारी दिनुभयो । को २५ प ६१३९ नंको मोटरसाइकलमा सवार भई फरार हुन खोजेका दुवैजनालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । 
 
प्राप्त जानकारीअनुसार झामाथि आक्रमण गर्ने दुवैजना झाका साथी नै हुन् । उनीहरुबीच लेनदेनसम्बन्धी विवाद रहेको प्रहरीको दाबी छ । थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिनुभएको छ । 
 
जनकपुरको मुझेलियामा गम्भीर आइते अवस्थामा रहेका झालाई एक सञ्चारकर्मीले देखेपछि उद्धार गरी जनकपुर अञ्चल अस्पताल पु¥याएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ