arrow

प्रधानमन्त्री कार्कीले गरिन् धापासीबाट मतदान

आफ्नो कर्तव्य पूरा गरेको प्रतिक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
sushila-election.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौँ क्षेत्र नं. ५ स्थित धापासी नियमावली फैमालचुली मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी छन्। मतदान गरिसकेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशभर निर्वाचन उत्साहपूर्वक भइरहेको देख्दा आफूलाई निकै खुसी लागेको बताइन्।

आफ्नै नेतृत्वमा निर्वाचन सम्पन्न हुँदै गरेको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन भइरहेको छ र म यसमा अत्यन्तै खुसी छु।” 

उनले लोकतन्त्रको सुदृढीकरणका लागि यो निर्वाचन एउटा महत्त्वपूर्ण खुड्किलो भएको उल्लेख गर्दै सबैलाई संयमित भएर मतदानमा सहभागी हुन आग्रह गरिन्। धापासी केन्द्रमा प्रधानमन्त्रीको मतदानपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ र मतदान कार्य सुचारु रूपमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ