arrow

पैसठ्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन्। मतदान गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आम मतदाताको उत्साहजनक सहभागिता देखिएको जानकारी दिए।

“बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ। मतदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्तै राम्रो छ,” भण्डारीले भने, “मतपत्र पाएपछि एकदेखि दुई मिनेटभित्रै मतदान प्रक्रिया सकिने गरी व्यवस्था मिलाइएको छ।” उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारहरूलाई शान्तिपूर्ण मतदानका लागि सहयोग गर्न आह्वान समेत गरे।

मतदान सम्पन्न भएलगत्तै मतपेटिकाहरू संकलन गरिने र त्यसपछि तुरुन्तै मतगणना सुरु गरिने उनले बताए। आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। साथै, यसपटक युवाहरूको उत्साहजनक उपस्थितिका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान आयोगले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ