arrow

मतदान गर्दै यसो भनिन् तोसिमाले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
tosima-karki-21-11.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार डा. तोसिमा कार्कीले मतदान गरेकी छन् । ललितपुर निर्वाचन क्षेत्र नं ३ की उम्मेद्वार कार्कीले बिहीबार ललितपुर-१८ स्थित केन्द्रबाट मतदान गरेकी हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले मतदातामा उल्लेखनीय उत्साह देखिएको बताइन् ।

उनका अनुसार देश-विदेशबाट नेपालीहरू मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् भने उपत्यकाभित्रका धेरै मतदाता पनि भोट हाल्न आफ्नो गाउँ फर्किएका छन् ।

उनले यसपटक आफ्नो एक मत पनि नछुटाउन र सबैलाई मतदानमा सहभागी हुन आग्रह गरिन् ।

उनले भनिन्, ‘जनतामा धेरै उत्साह छ। देश विदेशबाट नेपालीहरू भोट हाल्नकै लागि स्वदेश आउनुभएको छ ।उपत्यकाभित्रका पनि थुप्रै भोट हाल्न आफ्नो गाउँ फर्किएका छन् । यो पटक आफ्नो एक भोट पनि छुटाउनु हुँदैन । सबैलाई यो इतिहास रच्ने समय हो । आफ्नो मत नछुटाउनसमेत आग्रह गर्दछु । परिवर्तनको पक्षमा मत छुट्यो भने पछुतो हुनेछ । लोकतन्त्रमा ठूलो हतियार भनेको जनताको आफ्नो मतअधिकार हो ।’

उनले परिवर्तनको पक्षमा मत नदिए पछुतो हुन सक्ने भन्दै लोकतन्त्रमा जनताको सबैभन्दा ठूलो हतियार भनेको मताधिकार नै भएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ