-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बाजुरा । बाजुरामा यतिखेर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।
यहाँका ७७ मतदान स्थलका एक सय १८ मतदान केन्द्रहरूमा अहिलेसम्म स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन भइरहेको छ ।
बिहान ७ बजेदेखि यहाँका नौ ओटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विगतमा जस्ता घटना घट्न नदिन अहिले सुरक्षा व्यवस्थासमेत मजबुत पारिएको छ ।
मतदाताहरूले निर्धक्क तरिकाले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
बाजुरामा २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई युवाको मृत्यु समेत भएको थियो ।
यो पटकको निर्वाचनमा अहिलेसम्मको वातावरण सामान्य स्थितिमा रहेको छ ।
बाजुरामा अहिले करिब १५ हजार गरे मतदान गरिसकेका छन् ।
सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।
बाजुरामा एक स्वतन्त्रसहित सात दलका व्यक्ति चुनावी मैदानमा छन् ।