arrow

विराटनगरबाट शेखरले गरे मतदान, आपसी सहकार्यमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
shekhar-koiralass.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले आज बिहानै मतदान केन्द्र पुगेर भोट खसालेका हुन्।

मतदान गरिसकेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता कोइरालाले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल तथा सरोकारवालाहरूबीच आपसी सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखे। 

उनले निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने भन्दै सबै मतदातालाई उत्साहका साथ सहभागी हुन आग्रह गरे। कोइरालाले यसपटकको निर्वाचनले देशलाई स्थायित्व र प्रगतिको नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ