arrow

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले गरिन् लमजुङबाट मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
janaki-tuladhar-election.jpg

काठमाडौँ । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेकी छन्।

उनले लमजुङस्थित सुन्दर बजार नगरपालिका-२ महेन्द्र माविस्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

आज प्रतिनिधि सभा सदस्यका लागि देशभरका एक सय ६५ प्रत्यक्ष र एक सय १० ओटा समानुपातिक सिटमा मतदान जारी छ ।

देशभर उल्लासमय रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त तुलाधरले निर्धक्कका साथ मतदान केन्द्रमा गएर मतदान गर्न आह्वान गरिन्।

समयमै मतदान गर्न पनि उनले आग्रह गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ