arrow

चुनाव शान्तिपूर्ण तर मत कम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
ram-pd-bhandari-election-21-11-082.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार बिहीवार बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विशिष्ट परिस्थितिमा घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

उनको यो भनाइले निर्वाचन शान्तपूर्वक सकिएको भए पनि मत भने कम खसेको छ । 

खसेको मतको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको पनि आयोगले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक प्रतिवेदनमा छिटफुट अवरोधबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको उल्लेख गरिएको छ ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान सकिएसँगै मतपेटिका सुरक्षित रूपमा संकलन गरी ‘निर्वाचन निर्देशिका २०८२’ अनुसार तत्काल मतगणना सुरु गरिने बताए ।

उनले निर्वाचन सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, निर्वाचन कर्मचारी, राजनीतिक दल, उम्मेद्वार, सञ्चारकर्मी तथा आम मतदाताप्रति आयोगले धन्यवाद व्यक्त गरेको पनि जानकारी दिए ।

आयोगका अनुसार भौगोलिक रूपमा दुर्गम १५ जिल्लाबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी भइरहेको छ ।

ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सबै मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुर्‍याउने लक्ष्य राखिएको छ ।

यसैगरी संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लाका मतपेटिका भने शुक्रबार बिहानसम्म मतगणना स्थलमा पुर्‍याइने आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ