काठमाडौँ । काठमाडौँ क्षेत्र नं ८ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म मतगनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित शुरूआती अग्रता लिएका छन् ।
उनले एक हजार ७२४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् । यहाँको मतगणना नागार्जुन नगरपालिकाको कार्यालयमा भइरहेको छ ।