arrow

कैलाली २ मा कांग्रेसको शुरुआती अग्रता, एमाले र नेकपाबीच कडा प्रतिस्पर्धा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
election-2082-new.jpg

काठमाडौँ ।  कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यहाँ कुल ३९१ मत गणना हुँदा नेपाली कांग्रेस (रुख) ले १४६ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा एमाले (सूर्य) ले ६८ मत पाउँदा नेपाल कम्युनिस्ट पार्टी (तारा) ६७ मतका साथ एमालेलाई पछ्याइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले ५० मत ल्याएको छ भने नागरिक उन्मुक्ति पार्टी (मौरी) ले २८ मत प्राप्त गरेको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले ६ मत र हाम्रो नेपाली पार्टी (चकिया) ले ३ मत पाएका छन्। कैलाली क्षेत्र नम्बर २ मा कुल १ लाख ७ हजार ७५७ मतदातामध्ये ५६ हजार ७७० मत खसेको थियो। अहिले निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ र थप मतपेटिकाहरू खोल्ने तयारी भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ