कास्की ३ मा रास्वपाकी बिनाको फराकिलो अग्रता, कांग्रेस दोस्रो स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
771
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई अझै बलियो बनाएको छ।
प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले दिएको जानकारीअनुसार रास्वपाकी उम्मेदवार बिना गुरुङले आफ्ना प्रतिस्पर्धीहरूभन्दा दोब्बर बढी मतका साथ अग्रता लिएकी छन्।
पछिल्लो प्राप्त परिणामअनुसार रास्वपाकी बिना गुरुङले ७ हजार ५९१ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङले ३ हजार ६८५ मत पाएका छन्।
यस्तै, नेकपा (एमाले) का उम्मेदवार दामोदर पौडेल वैरागीले २ हजार १९५ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा कुल १ लाख ७ हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो। अहिले पोखरामा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ र अन्य वडाहरूको मतपेटिका खोल्ने क्रम जारी छ।