arrow

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता, महेश बस्नेत भन्दा राजीव खत्री तेब्बर मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
mahesh-basnet-gundu.jpg

काठमाडौँ  । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरले अग्रता लिएको छ। नेमकिपाको गढ मानिने क्षेत्र नम्बर १ र एमालेको प्रभाव रहेको क्षेत्र नम्बर २ दुवैतिर रास्वपाका उम्मेदवारहरू हाबी देखिएका छन्।

भक्तपुर क्षेत्र नं १ मा बिहान १ बजेसम्मको मतगणनाअनुसार रास्वपाका रुकेश रञ्जित ८ हजार ३०८ मतसहित अग्रस्थानमा छन्। उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले ५ हजार १७७ मतका साथ पछ्याइरहेका छन्। यस्तै, नेपाली कांग्रेसका किरण न्यौपानेले १ हजार ३०७ र नेकपा (एमाले) का सोमप्रसाद मिश्रले ६९४ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल १ लाख ७ हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ मत खसेको थियो।

भक्तपुर क्षेत्र नं २ मा रास्वपाका राजीव खत्री ७ हजार २ मतसहित अग्रता कायमै राखेका छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले) का महेश बस्नेतले २ हजार ५३८ मत पाएका छन्। यस्तै, नेपाली कांग्रेसका कविर राणा १ हजार १५८ मतका साथ तेस्रो स्थानमा छन्। क्षेत्र नम्बर २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो।

अहिले भक्तपुरका दुवै गणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ