arrow

दाङका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

एमाले महासचिव शङ्कर पोखरेल चौबर मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
shankar-pokharel-81-5-20.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेकपा (एमाले) का महासचिव एवं पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल आफ्नो निर्वाचन क्षेत्र दाङ २ मा निकै ठूलो मतान्तरले पछाडि परेका छन्। जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिनकुमार आचार्यले पोखरेललाई चौबरभन्दा बढी मतको अन्तरले पछि पारेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो विवरणअनुसार ३ हजार ९१५ मतगणना हुँदा रास्वपाका विपिनकुमार आचार्यले २ हजार ४२९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शङ्कर पोखरेलले ५३८ मत मात्र पाएका छन्। आचार्य र पोखरेलबीचको मतान्तर १ हजार ८९१ पुगेको छ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरे ३८७ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपाका निर्मल आचार्यले २१३ मत ल्याएका छन्। एमालेका 'हेभीवेट' नेता मानिने पोखरेल सुरुवाती गणनादेखि नै निकै कमजोर स्थितिमा देखिएका छन्। अहिले घोराहीमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ र यो नतिजाले जिल्लाको राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ।

साथै  दाङ क्षेत्र नं १मा  १२ हजार ४०७ मतगणना हुँदा रास्वपाका देवराज पाठकले ७ हजार ३७० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २ हजार २२९, नेकपाका मेटमणि चौधरीले ८४६ र नेकपा (एमाले) का रेवतीरमण शर्माले ७८९ मत पाएका छन्।

दाङ क्षेत्र नं ३ मा ३ हजार ८४ मतगणना हुँदा रास्वपाका कमल सुवेदीले १ हजार ५४० मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका दीपक गिरीले ८८१ मत पाएका छन् भने एमालेका घनश्याम पाण्डेयले ३८५ र नेकपाका धनबहादुर मास्कीले ११९ मत प्राप्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ