एक सय सात स्थानको मतगणना जारी, रास्वपा ७९ स्थानमा अगाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
1k
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् ।
रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।
कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् ।
१०७ स्थानको मतगणना भइरहँदा रास्वपा ७९, नेपाली कांग्रेस ७, नेकपा एमाले ९ र नेपाली कम्युनिष्ट पार्टी ७ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै श्रम संस्कृति १, राप्रपा २ र प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ ।