पर्सा २ मा रास्वपाका सुशीलको अग्रता, रिमाले पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
768
Shares
काठमाडौँ। पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार सुरुवाती गणनादेखि नै रास्वपाका उम्मेदवारले अग्रता बनाएका हुन्।
पछिल्लो विवरणअनुसार २ हजार ३४७ मत गणना हुँदा रास्वपाका उम्मेदवार सुशीलकुमार कानुले १ हजार ७७ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले) की उम्मेदवार रिमा यादवले ७४३ मतका साथ पछ्याइरहेकी छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ३३० मत पाएका छन्।
यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १७ र स्वतन्त्र १२ जना गरी कुल ३१ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। पर्सा २ मा ९५ हजार १२० मतदाता रहेकामा प्रत्यक्षतर्फ ६६ हजार ५७ र समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको थियो। अहिले वीरगञ्जमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।