चितवन क्षेत्र नं ३ मा रास्वपाकी सोविता दोब्बर मतले अगाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
1.1k
Shares
चितवन । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नं ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायम गरेकी छन् ।
हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौतमले ९८ सय ७९ मत प्राप्त गरेकी छन् ।
उनकी निकटतम् प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले ५२ सय ५६ मत प्राप्त गरेकी छन् ।
यसैगरी नेकपा एमालेका शंकर थपलियाले १४ सय ६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका टेकबहादुर गुरुङले १०२२ मत ल्याएका छन् भने राप्रपाका दीपक थापाले ३२३ मत ल्याएका छन् ।
मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।