सिरहा १ मा रास्वपाका बब्लु गुप्ताको अग्रता, रामसुन्दर र रामशङ्कर पछाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
852
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरुआती अग्रता लिएको छ। निर्वाचन कार्यालयले दिउँसो २:०० बजे सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार रास्वपाका उम्मेदवार बब्लु गुप्ताले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेका छन्।
निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईका अनुसार जम्मा १ हजार २१५ मतगणना हुँदा बब्लु गुप्ताले ७७९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामसुन्दर चौधरीले २०२ मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार रामशङ्कर यादवले १२७ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा कुल १ लाख ११ हजार ९४९ मतदाता रहेकामा ७० हजार ७६५ मत खसेको थियो। यो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा ३२ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। अहिले लहानस्थित मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र गणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।