arrow

एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
election-result-design7.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् । 

रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।

कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् । 
   
१२७ स्थानको मतगणना भइरहँदा रास्वपा ९२ स्थानमा अगाडि रहेको छ । नेपाली कांग्रेस १०, नेकपा एमाले १० र नेपाली कम्युनिष्ट पार्टी ७ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै श्रम संस्कृति २, राप्रपा ३, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ