arrow

ताप्लेजुङमा कांग्रेसका गजेन्द्रको शुरूआती अग्रता

खेलप्रसाद र क्षितिज पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
congress-tree.png

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार ताप्लेजुङमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले शूरुआती अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार तुम्याहाङ ५७१ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनलाई नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बूढाक्षेत्री (पराग) ले ४४२ मतका साथ पछ्याइरहेका छन् भने नेकपा (एमाले) का क्षितिज थेबे २९४ मतसहित तेस्रो स्थानमा छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ९७ र श्रम संस्कृति पार्टीका सन्तोष राईले ४४ मत प्राप्त गरेका छन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार मुकसाम लाबुङ लिम्बूले ९ मत पाएका छन्।

यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल १३ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। अहिले ताप्लेजुङमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ र सुरुवाती नतिजाले उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ