arrow

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
gyanendra-shahi-20-08.jpg

मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् ।

एउटै पालिकामा शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन्। पछिल्लो परिणाम अनुसार शाही एक हजार ४५८ मतले अगाडि छन् ।

यस्तै, नेकपाका नरेश भण्डारीले एक हजार २३३ मत ल्याउँदै दोस्रो स्थानमा छन् । कांग्रेसका दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् ।

अन्य प्रतिस्पर्धीमा शान्तिलाल महत २८१ मत र विनिता कठायतले ३६ मत प्राप्त गरेका छन् । प्रारम्भिक नतिजाले शाहीलाई स्पष्ट अग्रता दिलाए पनि बाँकी पालिकाको मतगणनाले अन्तिम परिणाम तय गर्नेछ ।

मतगणना कार्य भने निरन्तर जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ