रास्वपालाई तीन सिट, कांग्रेसलाई एक, रास्वपाको अग्रता सय पार
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
921
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तीन तथार नेपाली कांग्रेसले एक स्थानमा जित हासिल गरेको छ ।
रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।
त्यसैगरी काठमाडौँ ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनालले २७ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी काठमाडौँ ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् ।
१४२ स्थानको मतगणना भइरहँदा रास्वपाले सय पार स्थानमा अग्रता हासिल गरेको छ । नेपाली कांग्रेस १०, नेकपा एमाले १२ र नेपाली कम्युनिष्ट पार्टी १० स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै श्रम संस्कृति २, राप्रपा ३, उज्यालो नेपाल १, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ ।