arrow

हरेक निर्वाचनमा क्षेत्र फेर्दै आएका प्रचण्ड रुकुम पूर्वबाट विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
prachanda-29-09.jpg
तस्बिर : फाइल

रूकुम पूर्व । हरेक निर्वाचनमा क्षेत्र फेर्दै आएका पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । प्रचण्ड रूकुम पूर्वबाट विजयी भएका हुन् । 

 प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाए । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुम थापाले ३ हजार ८१ मत पाइन् । 

रास्वपाका लखनकुमार थापाले भने ८१९ मतमात्र ल्याए । 

लगाचार क्षेत्र फेर्दै आएका प्रचण्ड लगातार पाँच पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । 

पहिलो संविधान सभा निर्वाचनमा ०६४ सालमा उनी काठमाडौँ १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । 

दोस्रो संविधान सभाको निर्वाचन ०७० सालमा उनी सिराहा ५ बाट निर्वाचित भएका थिए भने काठमाडौँ १० बाट पराजित भएका थिए । 

०७४ को प्रतिनिधि सभाको निर्वाचनमा उनी चितवन ३ बाट निर्वाचित भएका थिए ।

०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भएका थिए । 

प्रचण्डले कुनै पनि क्षेत्र दोहोर्याएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ