arrow

बालेनको २८ हजार बढी मत, केपीसँगको अन्तर २० हजार नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
oli-balen-new.jpg

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वालेन्द्र साह (बालेन) ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ४४ हजार ३५० मत गणना हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले प्रतिद्वन्द्वीहरूलाई निकै पछि पारेका हुन्।

पछिल्लो नतिजाअनुसार रास्वपाका बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ७ हजार ३९३ मत पाएका छन्। शाह र ओलीबीचको मतान्तर २० हजार ७५९ पुगेको छ।

यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले ४ हजार ११५ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूमध्ये नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ८२४, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत पाएका छन्। 

एमालेको बलियो क्षेत्र मानिने झापा ५ मा बालेन शाहको यो भारी अग्रताले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। अहिले यस क्षेत्रमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ