arrow

झापा निर्वाचन क्षेत्र नम्बर २

निवर्तमान सभामुख र उपसभामुखको लडाइँ: देवराजभन्दा इन्दिरा १६ हजार बढी मतले अघि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
devraj-indira-jhapa.jpg

काठमाडौँ। निवर्तमान सभामुख र उपसभामुखबीचको रोचक प्रतिस्पर्धा रहेको झापा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा रानामगरले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएकी छिन्। 

निवर्तमान उपसभामुख समेत रहेकी रानामगरले निवर्तमान सभामुख देवराज घिमिरेलाई ठूलो मतान्तरले पछि पारेकी हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार ८८० मत गणना हुँदा रास्वपाकी इन्दिरा रानामगरले २० हजार ५३४ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार एवं निवर्तमान सभामुख देवराज घिमिरेले ३ हजार ८२९ मत मात्र पाएका छन्। 

इन्दिरा र देवराजबीचको मतान्तर १६ हजार ७०५ पुगेको छ, जुन घिमिरेले पाएको मतभन्दा झण्डै ५ गुणा बढी हो।

एमालेको गढ मानिने यस क्षेत्रमा दुई पूर्वपदाधिकारीबीचको यो भिडन्तलाई निकै चासोका साथ हेरिएको थियो। तर, सुरुवाती चरणदेखि नै इन्दिराले बनाएको यो विशाल अग्रताले झापा २ मा रास्वपाको जित सुनिश्चित जस्तै देखिएको छ। 

अहिले मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र बाँकी मतहरूको गणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ