arrow

बाँकेको क्षेत्र नम्बर ३ बाट खगेन्द्र सुनार निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
khagendra-sunuwar.jpg

काठमाडौँ । बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार सुनारले २९ हजार ५५१ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार सुमन मल्ललाई ९ हजार ९३६ मतान्तरले पछि पारेका हुन्। एमालेका मल्लले १९ हजार ६१५ मत पाएका छन्।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत पाएका छन्। बाँकेमा यसपटक रास्वपाको बलियो उपस्थिति देखिएको छ। यसअघि नै बाँके क्षेत्र नम्बर १ बाट रास्वपाका सुरेश चौधरी विजयी भइसकेका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा भने नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भएका छन्। बाँकेका तीन क्षेत्रमध्ये दुई क्षेत्रमा रास्वपा र एउटामा एमालेले जित निकालेका छन्। रास्वपाका उम्मेदवारहरूको जितसँगै बाँकेको परम्परागत राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन देखिएको छ। अहिले जिल्लाभर विजयी उम्मेदवारका समर्थकहरूले उत्सव मनाइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ